बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने
बुधबार, माघ १८, २०७९

गृहमन्त्री प्रकरणले सत्ता गठबन्धनमा समस्या
बुधबार, माघ १८, २०७९
प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।

पाँच जना विचौलिया पक्राउ
बुधबार, माघ १८, २०७९
भूमिसुधार तथा मालपोत कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा महोत्तरी प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

किसान भन्छन्, दूधको मूल्य बढाउनु पर्छ
मंगलबार, माघ १७, २०७९
चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् ।

वडाबाटै समाजिक सुरक्षा भत्ता बितरणपछि स्थानिय खुसी
मंगलबार, माघ १७, २०७९
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण भएपछि स्थानियहरु खुसी भएका छन । सोमवार वडा नं. १ शिवनगर बाट वडा स्तरमै समाजिक सुरक्षा वितरण भएको छ ।

धनुषामा जेल तोडेर भागेका एक जना पक्राउ
मंगलबार, माघ १७, २०७९
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट भागेका ६ थुनुवा मध्ये एक जना पक्राउ परेका छन् । पाँच जनाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार पक्राउ परिसकेका छन् ।

माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने
सोमबार, माघ १६, २०७९
नेकपा माओवादी केन्द्रको आगामी बुधबार बस्ने स्थायी समिति बैठकमा गृहमन्त्रीबारे छलफल हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले सोमबार र मंगलबार आन्तरिक तयारी गरेर बुधबार स्थायी समिति बैठक राख्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अश्लील भिडियो बनाएर महिलाकाे चरित्रहत्या गर्ने एकजना पक्राउ
सोमबार, माघ १६, २०७९
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपतिको निर्वाचन, १३ फागुनमा मनोनयन दर्ता, २५ फागुनमा मतदान
सोमबार, माघ १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका लागि तोकिएको दिन तोकिएको मतदान केन्द्रमा बिहान १०ः०० बजेदेखि...

प्रादेशिक अस्पताल कलैयामा एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लेप्रोटोमी अपरेशन
सोमबार, माघ १६, २०७९
बाराकोमा पहिलो पटक एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन सफल भएको छ । प्रादेशिक अस्पताल कलैयाद्धारा पहिलो पटक एक्टोपिक गर्भावस्थाको एक्सप्लोरेटरी लैप्रोटोमी अपरेशन गर्न सफल भएको हो ।

शहीद दिवस मनाइँदै
सोमबार, माघ १६, २०७९
आज माघ १६ गते शहीद दिवस मनाइँदैछ ।सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्ड स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन आहुती दिने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।