स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: मन्त्री गिरी
बुधबार, माघ ११, २०७९

छैटौं संस्करणको निफ चैत २गतेदेखी
बुधबार, माघ ११, २०७९
छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
बुधबार, माघ ११, २०७९
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।

प्रेमप्रसादले आत्मदाह गरेपछि प्रहरीले भन्याे, जर्किनमा पेट्राेल नबेच्नु हाेला
बुधबार, माघ ११, २०७९
नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता
बुधबार, माघ ११, २०७९
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ ।

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका आचार्यको निधन
बुधबार, माघ ११, २०७९
मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री
मंगलबार, माघ १०, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् ।
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ ।

कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मंगलबार, माघ १०, २०७९
मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ ।

म्याच फिक्सिङको आरोपमा अंसारी र आलम पक्राउ
मंगलबार, माघ १०, २०७९
म्याच फिक्सिङ गरेको आरोपमा सोमबार प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ ।

काठमाण्डौबासी प्रश्न गर्छन, त्यस्ता बालेन किन यस्ता भए….?
मंगलबार, माघ १०, २०७९
चर्चा र ख्यातीको कुरा गर्ने हो भने काठमाण्डौं महानगर पालिकाका मेयर बालेन ( बालेन्द्र ) शाहले आगो बालेकै हुन् । हरेक तह, तप्का, बिधा र ब्यापार,ब्यावसाय गर्नेहरू उनको पक्षमा कुर्लेर नै लागे । चलेका सेलिब्रेटीहरूले त उनको पक्षमा क्याम्पेन नै चलाए ।

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सोमबार, माघ ९, २०७९
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।