सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा
बुधबार, माघ ४, २०७९

पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् सपथ
बुधबार, माघ ४, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
बुधबार, माघ ४, २०७९
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ । प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने
बुधबार, माघ ४, २०७९
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवारी दर्ता
बुधबार, माघ ४, २०७९
एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् ।उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमाले निर्णय
बुधबार, माघ ४, २०७९
एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने
बुधबार, माघ ४, २०७९
नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।

महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी
बुधबार, माघ ४, २०७९
महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको...

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता
बुधबार, माघ ४, २०७९
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन
बुधबार, माघ ४, २०७९
पोखरा समाज अस्ट्रेलियाले यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।

महिलामन्त्री चौधरीद्वारा पदभार ग्रहण
मंगलबार, माघ ३, २०७९
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहणपश्चात् मन्त्री चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे सरोकारवालासँग छलफल गरी अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय गरेकी छिन् ।

जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई
मंगलबार, माघ ३, २०७९
जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।

परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस
मंगलबार, माघ ३, २०७९
जब परराष्ट्र मन्त्रीमा डा. विमला राई पौडेलको नाम आयो , तब बजारमा उहाँको बारेमा चासो बढ्न थाल्यो । को हो विमला, परराष्ट्र जस्तो मन्त्रालय कसरी थेग्छिन होला । यस्तो महत्वपूर्ण मन्त्रालय किन दिएको होला लगायतका क्रिया प्रतिक्रिया जनाउनेहरूले नवनियुक्त परराष्ट्र मन्त्रीको बिगततिर जानै चाहनेनन् ।