
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई हराएकाे छ । नेपालले बहराइनलाई १० विकेटले हराउँदै शानदार जित दर्ता गराएको हाे।
मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले दिएकाे ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा पुरा गर्यो ।
पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो ।
नेपालकी कविता कुवँरले १४ बलमा ३ चौकासहित नटआउट १७ रन बनाइन र सीता रानामगरले नट आउट रहँदै २ रन बनाइन् भने बाँकी रन अतिरिक्तमा पायो ।
यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।
नेपालले तेस्रो खेल भदौ १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।