मेसीले गरे गोल, अर्जेन्टिनालकाे विश्वकप क्वालिफायरमा विजयीकाे शुरुवात

अर्जेन्टिनाले विश्वकप क्वालिफायरमा विजयी शुरुवात गरेको छ । शुक्रबार दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
लियोनेल मेसीले खेलको ७८ औं मिनेटमा गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । अर्जेन्टिनाका लागि मेसीको १२२ खेलमा यो १०४ औं गोल हो ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । आज नै भएका दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा टुंगगिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १२:३८
प्रतिक्रिया दिनुहोस्