नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयअनुसार अपराह्न सवा चार बजे खेल म्यानमारको यांगुनस्थित मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्