
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय लगिएको छ। नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयतर्फ लगिएको हो ।
नेम्वाङको पार्थिव शरीर मंगलबार श्रद्धान्जलीका लागि च्यासलमा राखिनेछ। नेम्वाङका छोराहरू विदेशमा रहेकोले अन्त्येष्टि कहिले गर्ने निश्चित भइनसकेको हुनाले उनीहरू आएपछि मात्रै नेम्वाङको अन्त्येष्टि हुनेछ।
संविधान सभाका तत्कालीन अध्यक्ष रहेका नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
अन्त्येष्टिका दिन सरकारले बिदा दिने मंगलबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो