NRN
क्रिकेट टिमका कप्तान पौडेल भन्छन्, 'क्रिकेट खेलाडीको पुरस्कार अझै आएन तर आशावादी छौं'

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्। 

उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ। हेरौँ के हुन्छ।’

आइतबार एसियाड गेममा भाग लिन चीन उड्नुअघि काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान पौडेलले यस्ताे बताउँदै एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको पनि उनले बताए।

उनले एसियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको भन्दै पदक जित्ने नै लक्ष्य रहेको बताए ।

अभ्यासका क्रममा चोटग्रस्त बनेपछि ललित राजवंशी टिममा छैनन् । एक दिवसीय क्रिकेटमा राम्रो बलिङ गर्दैआएका ललितलाई एसियन गेम्समा मिस गर्ने उनले बताए ।

उनकाे टी- २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको भनाइ छ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update