NRN
प्रधान सेनापति शर्मा भारत प्रस्थान

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार दिउँसो शर्मालाई बलाधिकृत रथी सरोजप्रताप राणाले भारत प्रस्थानका लागि बिदाइ गरेका गरेका हुन्। 

बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो।

असोज ११ गते भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा नेपाल फर्किनेछन्।

भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने १३ औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुनेछन् । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत १५ देशका प्रधानसेनापतिहरू नै सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update