सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे दिन अर्थात् आइतबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ।
महासंघले आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य पनि कायम भएको जानकारी दिएकाे छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १९ सय २२ अमेकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्