NRN
बढ्यो युरोको मूल्य, अमेरिकी डलरको भाउ भने स्थिर

राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।    

अघिल्लो दिन एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ रहेको डलर आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ। 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रूपैयाँ ०६ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७९ पैसा तोकिएको छ भने युरोपियन युरोको मूल्य अघिल्लो दिनको तुलनामा बढेर आज युरो एकको खरिदमा १४१ रुपैयाँ ०६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७० पैसा पाइन्छ। 

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा सोमबार ९८ रुपैयाँ १८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ २९ पैसा र बिक्रीमा ८५ रुपैयाँ ६८ पैसा काराेबार भइरहेकाे छ। 

अघिल्लो दिन राष्ट्र बैंकले एकको खरिददर आज ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा तोकेको साउदी अरेबियन रियाल आज पनि सोही मूल्यमा काराेबार भइरहेकाे छ । 

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४७ पैसा पाइन्छ। 

युएई दिराम र मेलिसियन रिंगिटको खरिद-बिक्रीदर पनि आज स्थिर छ। सोमबार युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३७ पैसा पाइन्छ।

त्यसैगरी, बहराइन दिनार एकको खरिददर आज राष्ट्र बैंकले ३५१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७९ पैसा तोकेको छ।

आज कुवेती दिनारको खरिद-बिक्रीदर बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ३२ पैसा पाइन्थ्यो भने सोमबार दिनार एकको खरिदमा ४२८ रुपैयाँ ७६ पैसा बिक्रीमा ४३० रुपैयाँ ७० पैसा पाइन्छ। 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update