NRN
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सचिवालयले १२ वटा परियोजनामा हस्ताक्षर भएको जनाएको हाे।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, पूर्वाधार, व्यापारसँग सम्बन्धित विषयमा सम्झौताहरु भएका हुन् भने नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्‌बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update