NRN
ईःलाई भेट्न पुगिन् काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा उभिएर विरोध जनाएरहेका अभियन्ता ईःलाई भेट्न पुगेकी छन्। राष्ट्रिय सभागृहको गेटमा उपमेयर डंगोल केही बेरअघि अभियन्ता ईःलाई भेट्न पुगेकी हुन्।

सामाजिक सञ्जालमार्फत ईःलाई भेट्न उपमेयर डंगोल सभागृहको गेटमा पुगेको ईःले जानकारी गराएका हुन् । अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्।

उनले लेखेका छन्, ‘८ दिन अर्थात १६५ घन्टापछि उपमेयर आएर भेट्नुभयो । मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो । फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने बताउनुभयो ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको तर नमानेको बताएका थिए।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update