NRN
नेपाली बजारमा चार सय रुपैयाँले घट्याे सुन, चाँदीकाे कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update