NRN
काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु

काठमाडौं महानगरपालिकाको प्रतिनिधि र सामाजिक अभियन्ता ई: काे टाेलीबीच वार्ता सुरु भएको छ । वार्ता काठमाडौं महानगरपालिकाको कार्यालयमा सुरु भएको हो । 

वार्तामा काठमाडौंका मेयर बालेन साह र अभियन्ता ई: उपस्थित छैनन् । वार्तामा मेयर साह नआउने भएपछि अभियन्ता ई: पनि वार्तामा नआएका हुन् ।

महानगरले ई: सँग वार्ता गर्न वार्ता टोली बनाएको थियाे ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख बसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सहभागी छन् र अभियन्ता ईः को टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

उपमेयर सुनिता डंगोलले आजै अभियन्ता ई: लाई गएर भेटेकी थिइन् । भेटमा उनले ई: ले उठाएका मागहरुप्रति महानगर संम्वेदनशील रहेकाे बताएकी थिइन् ।

यसअघि मेयर बालेन साहसँग अभियन्ताहरुले भेट्न खाेजेपनि समय नदिइएकाे आराेप ई: ले लगाएका थिए ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि ८ दिन देखि उभिएर प्रदर्शन गरिरहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update