NRN
एमाले बागमती प्रदेश अधिवशेन अन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन

एमाले बागमती प्रदेश अधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन भएको छ ।

मतदाता नामावली ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय परिसरको तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रकाशन भएको हो । बागमतीको प्रदेश अधिवेशनमा साढे ११ सय हाराहारी प्रदेश प्रतिनिधि छन् ।

तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने भएको छ। एमालेले विद्युतीय मशिनबाट मतदानको प्रबन्ध मिलाएको जानकारी अध्यक्ष मण्डलका सदस्य रामेश्वर फुयाँलले दिए ।

निर्वाचन गर्ने प्रयोजनका लागि मंगलवार एमालेले गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो ।  

एमाले बागमतीमा अध्यक्ष, उपाध्यक्ष, सचिव एक-एक र सह-सचिव २ सहित २४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । 

नेताहरूले अन्तिमसम्मै सहमतिको प्रयास गर्ने बताएका छन् । तर, अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल मुख्य दाबेदार देखिएका छन् ।

सोमवार उद्घाटन भएको अधिवेशनमा मंलगलबार बन्द सत्रमा अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेश गरेका थिए ।प्रतिवेदन गए राति पारित गरेपछि निर्वाचनको प्रक्रिया आज बिहानबाट शुरू भएको हो ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update