पोखराका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द

मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
नेपाल चिकित्सक संघ गण्डकीले चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेका हाे । नेपाल चिकित्सक सङ्घले पनि साे विज्ञप्तिमा ऐक्यबद्धता जनाएको थियो।
गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज आकस्मिक बाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताए। आकस्मिक बाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन्।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १५:०७
प्रतिक्रिया दिनुहोस्