NRN
एकैदिन प्रतितोला दुई हजार चार सय रूपैयाँले घट्याे  नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि नेपाली बजारमा सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ । साे निर्धारण गरेकाे मूल्य आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । 

महासंघका अनुसार अघिल्लो दिन अर्थात् सोमबार सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update