पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत सोङबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङबीच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनाल र राजदूत सोङबीच मंगलबार बिहान खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो ।
भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडा पनि सहभागी भएका थिए । भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्