
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । उक्त सार्वजनिक गरेकाे मूल्य अनुसार आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि हिजो (मंगलबार) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा पाँच सय रूपैयाँ बढी हो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार प्रतितोला एक हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन प्रतितोला एक हजार चार सय ४० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।