
नेपाल सुनचाँदी व्यवसायी महासंघले साताकाे पहिलाे दिन अर्थात् आइतबार सुन-चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ ।
मंगलबारदेखि रेकर्ड राख्न सुरू गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो । तीन दिन सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको सुन शुक्रबार भने स्थिर रहेको थियो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रूपैयाँ बढी हो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार चार सय ७५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।