
नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेको छ ।निर्धारण गरेको दर अनुसार आज युरोपियन युरो र बेलायती पाउण्डकाे मूल्य बढेकाे छ ।
शुक्रबार एकको खरिदद १६८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३९ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९३ पैसा बढेको हो ।
त्यस्तै, अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रूपैयाँ २२ पैसा पाइन्छ । आइतबार क्यानेडियन डलर भने एकको खरिदमा ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ ।
त्यसैगरी, युरोपियन युरो अघिल्लो दिनको तुलनामा ४८ पैसा बढेर आज एकको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४१ पैसा पाइन्छ ।
त्यस्तै, आज युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १६ पैसा ताेकिएकाे छ भने मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १८ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३० पैसा पाइन्छ ।