
- राजन घिमिरे, सिडनी
गैह्र आबासीय नेपाली संघ अष्ट्रेलिया अन्तर्गतको नारी निकुञ्जले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यस पटक मेलबर्नमा नारी दिबस मनाईएको हो । कार्यक्रमको टाइटल स्पोन्सर्ड रेष्ट रियल स्टेड थियो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नारी हक र अधिकारका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा राजदूत पोखरेलले सहअस्तित्वको भावनाबाट मात्रै परिवार, समाज र राष्ट्र बन्न सक्ने बिचार राख्नु भएको थियो ।
कार्यक्रममा भिक्टोरियाको बहुसांस्कृतिक आयोगकी आयुक्त सिल्भिया कुम्बे, यानयिन लेजिस्लेटिभ एसेम्बलीकी सदस्य लाउरेन काथंगे, मेरिबेक सिटी काउन्सिलकी काउन्सिलर सु बोल्टन, फिलिपिनो महिला समूदायकी अध्यक्ष नेस गुभान्जो र अष्ट्रेलियन लेबर पार्टी ब्रोडमेडोज शाखाका सभापति प्रविन कुमार लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेल, महासचिव सन्तोष कुँवर, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने, एनआरएन भिक्टोरिया संयोजक मनिरत्न सापकोटा, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा उपस्थित अतिथिहरुलाई कार्यक्रमक एवं भिक्टोरिया नारी निकुञ्जकी संयोजक राशीसिंह ठकुरीले स्वागत गरेकी थिइन् भने उपस्थित सबैलाई नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईंले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा जेनिशा पुन, युनिशा ज्ञवाली, रीशा खड्का, रिजु पौडेललगायतले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए ।