
नेपाल राष्ट्र बैंकले साेमबारकाे विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेकाे छ । जसअनुसार आज नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र पाउण्डकाे मूल्य बढेकाे छ ।
राष्ट्र बैंकका अनुसार आइतबार एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६० पैसा र बिक्रीमा ८७ रूपैयाँ ९९ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा पाइन्छ ।
त्यस्तै, आइतबार एकको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा कायम गरिएको युरोपियन युरो आज एकको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसा बढेको हो ।
त्यसैगरी, आइतबार एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा कायम गरिएको पाउण्ड स्टर्लिङ आज भने एकको खरिदमा १६९ रूपैयाँ ९४ पैसा र बिक्रीमा १७० रूपैयाँ ७२ पैसा पाइन्छ ।
यस्तै, मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा ताेकिएकाे छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रूपैयाँ १४ पैसा पाइन्छ ।
सोमबार राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४० पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा पाइन्छ ।