सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।
सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेकाे पक्षमा १६७ मत परेकाे छ भने विपक्षमा १०० मात्र मत परेकाे छ । साथै मत दिन्न भन्नेमा १ मत परेको छ ।
१७६ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए ।
घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १५:२५
प्रतिक्रिया दिनुहोस्