आईपीएलमा आज गुजरात र हैदराबाद आपसमा भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आज दुई खेल हुनेछ ।
अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच हुनेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेलिने छ । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।
गुजरात र हैदराबाद दुबैले जारी सिजनको आईपीएलमा तेस्रो खेल खेल्न लागेका हुन् । गुजरात दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ । हैदराबाद दुई अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ ।
यी दुवै टोलीले हालसम्म एक–एक पटक आईपीएलको उपाधि चुमेका छन् । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो भने गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ११:४७
प्रतिक्रिया दिनुहोस्