नेपालकी कराते खेलाडी एरिका गुरुङले जितिन् युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक

नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक जितेकी छिन् ।
उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू-२१ को ६८ केजी तौल समूहमा स्वर्ण र मुख्य प्रतिस्पर्धामा रजत पदक हात पारेकी छिन् ।
गएराति भएको खेलमा क्यानडाकी खेलाडीलाई हराउँदै एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा ९-० ले पराजित गरिन् ।
एरिकाले सिनियर इलिटको ६८ केजीमाथीतर्फ रजत पदक जितेकी छन् । उनले फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित हुँदा रजत पदक हात पारेकी हुन् ।
उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्