नेपाल ‘ए’ ले गुमायाे आफ्नो तेस्रो विकेट
16282595041711959461.jpg)
आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४.५ ओभरमा कप्तान भण्डारीलाई गुमाएको हो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका हुन् ।
उनले नेपाली टिमको खातामा ११ रन थपे । जारी खेलको पाँच ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्