टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् । आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।
बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह रहेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्