प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित

प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध भएको छ । आकस्मिक समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरूले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएकाे हाे ।
बैठक अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २८, २०८० १३:४६
प्रतिक्रिया दिनुहोस्