
ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले आज युएईसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।
अलअमरेत क्रिकेट ग्राउन्ड १ मा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले साउदी अरेवियासँगको खेलबाट टोलीमा एक परिवर्तन गरेको छ ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा विवेक यादव, अनिल शाह र प्रतिश जि.सी रहेका छन् ।