चौथो खेलमा वेस्टइन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित
-1714644982.jpeg)
वेस्टइन्डिज ‘ए’ ले चौथो टी २० खेलमा नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भएकाे हाे ।
पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ वेस्ट इन्डिज ‘ए’ सिरिज जितेको हो ।
वेस्ट इन्डिज ए नेपाललाई २१० रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन, दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए । आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।
शृंखलाअन्तर्गत अन्तिम खेल शनिबार हुने छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्