1677424659-1716182195.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदैछन् । जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
आज बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नेछन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।
संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनाएसम्म विश्वास मत लिने प्रस्ताव अघि बढ्न नदिने बताएको छ ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेका थिए । यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।