NRN
एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्याे सुनकाे मूल्य,  चाँदीको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले साताकाे पहिलाे दिन अर्थात् आइतबारका लागि सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ ।सार्वजनिक गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे दिनकाे तुलनामा आज एकैदिनमा सुन प्रतितोला चार हजार रूपैयाँ घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ रूपैयाँमा कारोबार भएको थियो । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update