गृहमन्त्री लामिछानेकाे केही व्यक्तिलाई जोगाउन समीकरण फेरिएकाे दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गरेका छन् ।
मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १७:३१
प्रतिक्रिया दिनुहोस्