प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त
प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् ।
सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए । उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रूपमा अधिकारीले दुई वर्ष काम गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १७:३८
प्रतिक्रिया दिनुहोस्