सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
-1726470813.jpg)
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् ।
सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी निकट सांसद मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरेकी हुन् ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी सांसद तुलसा दाहाल निर्वाचित भएकी छन् ।
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्