
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने निर्णय गरेको छ ।मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि समितिको बैठक बसेको हो ।
मंगलबार विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले वैकल्पिक उपायबाट उद्योगहरूसँग पैसा उठाउने भन्दै अहिलेलाई लाइन नकाट्ने निर्णय गरेको बताइएको छ । समितिको निर्णय माइन्युट हुन भने बाँकी छ ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो । यसअघि प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।
यसअघि काटिएको लाइन जोड्ने क्रममा मन्त्रिपरिषद्को बैठकले नै प्राधिकरणलाई १५ दिनभित्र बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । प्राधिकरणले त्यसपछि १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन काट्ने भन्दै त्यति बेला लाइन जोडिदिएको थियो ।
प्राधिकरणले दिएको अल्टिमेटम आज बुधबार सकिँदै छ । तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिइसकेको छ ।