NRN
आज (बिहीबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन अर्थात् बुधबारको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।

बुधबार सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।  

 

त्यसैगरी, बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । 

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update