
- राजन घिमिरे , सिड्नी
नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ह्रस्व दीर्घ’ ले विदेशको प्रदर्शन शुरू गरेको छ । यो फिल्मले अष्ट्रेलिया र न्यूजल्याण्डबाट आफ्नो बिदेशको प्रदर्शनको शुरूवात गरेको छ । बिहिबारदेखी अष्ट्रेलिया र न्यूज ल्याण्डमा रहनु हुने नेपाली चलचित्रप्रेमी दर्शकहरूबाट प्रदर्शनको शुरूवात गरेको यो फिल्मले बिबिहार पहिलो दिन नै राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्ममा साउथ इण्डियन कलाकारहरूले पनि काम गरेका कारण अष्ट्रेलियाका हलमा साउथ इण्डियन दर्शकहरूको पनि उपस्थिति देखिएको छ । फिल्म अष्ट्रेलियाको इभेन्ट सिनेमाज, युनाइटेड सिनेमाज र भिलेज सिनेमा हलहरुमा रिलिज गरिएको हो ।
यो फिल्म अष्ट्रेलियाको सवैजसो सहरमा रिलिज भएको छ । नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै फिल्मले अष्ट्रेलिया र न्यूजल्याण्डमा रहनु हुने दर्शकहरमा माग बढेको थियो । बिहीबार अष्ट्रेलियामा दर्शकहरूको राम्रो साथ पाएको यो फिल्मले शुक्रबार , शनिबार र आइतबार झनै राम्रो ब्यापार गर्ने संभावना बढेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।