NRN
आज (शुक्रबार) बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तुलनामा यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update