रास्वपा नेता कार्यकर्ता र रविका समर्थकले ‘रवि दाइलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन
शुक्रबार दिउँसो माइतीघरमा जम्मा भएर रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकले प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान भइरहँदा रास्वपाका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
शुक्रबार दिउँसो माइतीघरमा जम्मा भएर रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’लगायतका नारा लगाएका छन् ।
काठमाडौँ जिल्लास्थित सरकारी वकिलको कार्यालयमा रविको बयान भइरहेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो ।
पोखराको प्रहरी हिरासतमा रहेका रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि हिजो साँझ काठमाडौँ ल्याइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १४:१५
प्रतिक्रिया दिनुहोस्