NRN
उपनिर्वाचन अपडेट : ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न

स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले ४ घण्टाको अवधिमा २५ प्रतिशत मतदान सम्पन्न भएको जानकारी दिएको हो । 

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ ।

आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जानकारी गरेको छ । काठमाडौं बाहेकका केही स्थनमा आजै साँझबाट मतगणना गर्ने आयोगको तयारी छ ।

मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ । आयोगले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी र निर्वाचन अधिकारीहरूलाई परिचालन गरेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update