राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन् ।
अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती, साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवले राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् ।
सरकारको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले केही दिनुअघिमात्र राजदूतमा नियुक्त गरेका थिए । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ १३:३७
प्रतिक्रिया दिनुहोस्