
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो ।
यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
गत कारोबार दिन अर्थात् बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २९ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३१४ वटा धितोपत्रको एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर किनबेच भएको हो ।
आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसदिन पाँच कम्पनीको मूल्यमा सकारात्मक र्सिट लागेको छ ।
विशाल बजार, कर्पोरेट डेभपलमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतका दरले बढेको छ भने जानकी फाइनान्समा नकारात्मक सर्किट लागेको छ ।
आइतबार एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशतले बढेको छ । दोस्रोमा विकास बैंक समूहको परिसूचक ४.५२ प्रतिशतले बढेको छ ।