NRN
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी  नरबहादुर झाक्री विजयी

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ ।

उपनिर्वाचनअन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाक्री विजयी भएका हुन् ।

विजयी भएका झाक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका  नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सो वडामा नेकपा एमालेले जितेको थियो । त्यसबेला एमालेका नन्दलाल रोका १०८ मत ल्याएर निर्वाचित भएका थिए ।

उक्त निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update