
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णालीले याक्सले अन्तिम दुई ओभरमा ४३ रन जोड्दै जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।
सोमबार दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सात विकेटको क्षतिमा कर्णालीले १४१ रन बनाएको हो ।
कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे ।सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।
कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।
चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।