रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाकाे उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित
निर्वाचन आयोगका अनुसार ३ हजार ६२७ मत प्राप्त गर्दै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् ।

रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगका अनुसार ३ हजार ६२७ मत प्राप्त गर्दै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन् । माओवावादी केन्द्रलाई एकीकृत समाजवादीले सघाएको थियो ।
यहाँ कांग्रेस र एमालेबीच गठबन्धन गरेको थियो । कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी एमालेकी केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याइन् ।
२०७९ मा पुथा उत्तरगंगाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादी केन्द्रले जितेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्