-1733133230.jpg)
सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १९.९७ अंकले बढेर २ हजार ७ सय ५८.०४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.७२ प्रतिशतको वृद्धि हो ।
अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से सोमबार १९.९७ अंकले बढेको हो । आज १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घटेकाे छ भने ५ को स्थिर रहेकाे छ ।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।
हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढेको छ भने अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटेकाे छ ।
विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढेकाे छ ।
नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।