एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई गर्यो १२३ रनमा अलआउट

एसिसी यू-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १२३ रनमा आउट गरेको छ ।
युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ३५.४ ओभरमा १२३ रनमा अलआउट गरेको हो ।
अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।
बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र लिए ।
समूह ‘बी’ मा रहेका दुवै टोली यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । दुवै टोलीले यसअघि श्रीलंका र बंगलादेशविरूद्ध हार ब्यहोरेका थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १३:५८
प्रतिक्रिया दिनुहोस्